अस्ट्रेलियाद्वारा ट्युनिसिया पराजित

लोकपथ
78
Shares

काठमाडौं । कतारमा जारी विश्वकप फुटबलअन्तर्गत समूह ‘डी’ मा रहेको अस्ट्रेलियाले ट्युनिसियालाई पराजित गरेको छ । कतारको अल जानौब रङ्गशालामा आज भएको खेलमा अस्ट्रेलियाले ट्युनिसियालाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

अस्ट्रेलियाको लागि मिचेल डुकले गोल गरे । खेलको २३औँ मिनेटमा मिचेल डुकले गरेको एक गोल नै अस्ट्रेलियाको लागि निर्णायक गोल सबित भयो ।

यस जितसँगै अस्ट्रेलियाले ३ अङ्क जोडेको छ । अस्ट्रेलिया पहिलो खेलमा फ्रान्ससँग पराजित भएको थियो। यता पराजित ट्युनिसियाले पहिलो खेलमा डेनर्माकसँग बराबरी खेल्दै १ अङ्क बाँढेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?