महोत्तरी–४ बाट कांग्रेसका रायले खोले संसदको ढोका

लोकपथ
91
Shares

महोत्तरी । महोत्तरी–४ बाट कांग्रेसका उम्‍मेदवार महेन्द्रकुमार रायले प्रतिनिधिसभामा स्थान बनाएका छन् । मंसिर ४ गते आइतवार सम्पन्न आम निर्वाचनमा उम्मेदवार बनेका उनले जनता समाजवादी पार्टीका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई हराउँदै संसदको ढोका खोलेका हुन् ।

रायले निकटतम् प्रतिस्पर्धी जसपाका उम्‍मेदवार सुरेन्द्रकुमार यादवलाई ४ हजार १ सय २४ मतान्तरले हराएको निर्वाचन आयोगले जनाएको छ ।

रायले २५ हजार ४ सय २० मत पाउँदा सुरेन्द्रले २१ हजार २ सय ९६ मत प्राप्त गरेका छन् । यस्तै, जनमत पार्टीका मनोज कुमार साहले १० हजार ३९ मत, जनता प्रगतिशील पार्टीका शिवजी यादवले ४ सय ९८ मत ल्याएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?