२० मङ्सिर २०८०, बुधबार

रित्तियो माले, २१ केन्द्रीय सदस्य एमालेमा लागे

२०७४,कार्तिक,३,शुक्रवार ०१:५०

0
Shares

काठमाडौँ, ३ कात्तिक – नेकपा (माले) केन्द्रीय कमिटीका २१ सदस्यसहित करिव एक सय नेता कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।नेकपा (एमाले) को केन्द्रीय कायाएलय धूम्रबाराहीमा बिहोबर आयोजित कार्यक्रममा मालेका पोलिटब्युरो सदस्य एवं निवर्तमान सांसद्हरु अइन्द्रसुन्दर नेम्वाङ र गंगा चौधरी, पोलिटब्युरो सदस्यहरु पुण्य गौतम ‘विश्वास’, वीरेन्द्र थपलिया, रूपकबहादुर देउवा, नीलमणि बराल, हिक्मत देउवा तथा केन्द्रीय सदस्यहरु तथा नेताहरु रोहित केसी, इन्द्रकुमार झा र प्रेम दाहाललगायत एमालेमा प्रवेश गरेका हुन् । यस्तै मालेका ३५ जिल्लाका पार्टी सचिव र जनसंगठनका नेता पनि प्रवेश गरेका छन् ।उनीहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओली, स्थायी समितिका सदस्य सुवासचन्द्र नेम्वाङ र पोलिटब्युरो सदस्य विष्णु रिमाल लगायतले स्वागत गरे ।अध्यक्ष ओलीले मालेका अध्यक्ष सिपी मैनालीसहित अन्य वामपन्थी दललाई समेत बाम गठबन्धनमा आबद्ध हुन आग्रह गरे ।

प्रकाशित मिति: २०७४,कार्तिक,३,शुक्रवार ०१:५०

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । संसदको अर्थ समितिले एनसेलको शेयर स्वामित्व खरिदबिक्रीमा भएको विषयमा यथार्थ विवरण १५ दिनभित्र पेश गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व गृहमन्त्री बालकृष्ण खाणको पेशी मंसिर २८ गतेका लागि तोकिएको छ । नक्कली भुटानी

रामेछाप । वाग्मती प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जनतामा संघीयताप्रति वितृष्णा बढ्नुमा संघ सरकारको व्यवहार जिम्मेवार रहेको

भरतपुर । भरतपुरका घर घरमा पुगेर स्वास्थ्यकर्मीले जेष्ठ नागरिक, अशक्त तथा अपाङ्गलाई स्वास्थ्य सेवा दिने कार्य सुरु भएको छ ।

ताजा समाचार