नेतृत्वको अन्धभक्त : मतदाताले देखाइदिए परिणाम !

एमालेमा अध्यक्ष ओलीले जिते पनि उनका मुख्य सहयोगीहरू पराजित

काठमाडौंं । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचन परिणाम लगभग अन्तिम चरणमा आएको छ । यस पटकको निर्वाचनमा १०० सिट दावी गर्ने एमालेका लागि अहिलेको मतपरिणामले निराशा थपिदिएको छ । त्यति मात्र नभई उसले शीर्ष नेताहरु नै गुमाउन पुगेको छ । यसको घाटा एमालेलाई भन्दा पनि अध्यक्ष केपी शर्मा ओलीलाई भएको छ । जहाँ जाँदा पनि आफ्ना आसेपासेलाई पछि पछि साईरन बजाउँदै लैजाने ओलीका निकटवर्तीहरु पनि पराजित बने । ओलीको अघिपछि रहेर लाभ लिने र नेतृत्वका विवादित निर्णय एवं कदममा साथ दिनेहरुलाई यस निर्वाचनले नमिठो हार चखाएको छ ।

आठौंं र नवौंं महाधिवेशनमा एमाले आन्तरिक लोकतन्त्रमा उम्दा देखिएको थियो । तर चितवनको दशौं महाधिवेशनमा ओलीले एमालेलाई टिके प्रणाली अथार्त कार्यकर्तालाई नेता छान्न दिएन्न । जसको नतिजा यस पटक देखिएको छ ।

निर्वाचनको परिणामले कार्यकर्ताबाट चुनिएर आएका कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले शानदार जीत निकाल्दा टिके प्रणालीबाट महासचिव बनाइएका शंकर पोखरेल नराम्ररी हार्न पुुगेका छन् । दाङलाई लुम्बिनी प्रदेशको राजधानी बनाएँ भनेर भाषण गर्दै हिड्ने पोखरेल अन्ततः दाङको जनमतबाट नै अस्वीकृत हुन पुगे । उनलाई माओवादी केन्द्रबाट उम्मेदवार बनेकी रेखा शर्माले हराएकी हुन् ।
त्यसतै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि ठूूलो मतान्तरले पराजित भए । उनी काठमाडौंं ५ बाट कांंग्रेसका युवा नेता प्रदिप पौडेलसँग ५ हजारभन्दा बढी मतले पराजित भएका हुन् ।

भक्तपुरमा विकासको बाढी ल्याएको दावी गर्ने महेश बस्नेत कांग्रेसका दुर्लभ थापाले ल्याएको मतको बाढीको मारमा परे ।ओलीको मनोनित कोटाबाट संंसद छिर्दै प्रमुख सचेतक, कानून मन्त्री र फेरी महान्याधिवक्ता बनेका अग्नि खरेल त कांंगे्रस महामन्त्री विश्वप्रकाश शर्मासँग १४ हजार २ सय ७५ मतान्तरले हारे ।

ओलीका हरेक अलोकप्रिय कदममा ताली बझाउने र उस्काउने समूहका मध्येका एक विशाल भट्टराई खोटाङबाट माओवादीका रामकुमार राईसँग पराजित हुन पुगेका छन् । उता, मोरङ ३ बाट उम्मेदवारी दिएका भानुभक्त ढकाल नेपाली कांग्रेसका सुनिल शर्मा बाट पछारिएका छन् । ओलीका सल्लाहकार राजन भट्टराई पनि काठमाडौंं ४ मा गगन थापासँग ७ हजार भन्दा बढी मतान्तरले हारे ।

ओलीनै सर्वेपरी ठान्ने र ‘बा’ भनेर पुकार्ने समूहकै एक निरुदेवी पाल कञ्चनपुर ३ बाट नेपाली कांंग्रेसका रमेश लेखकसँग १२ हजारभन्दा बढि मतान्तरले पराजित भइन् । अझै यहि समूहकै अर्का नेता ऐन महर बझाङमा एमालेबाटै विभाजित भएको एकीकृत समाजवादीका भानुभक्त जोशीबाट हारको स्वाद चाखेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?