ईलाम । ईलाम क्षेत्र नं १ मा नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल २ हजार ३ सय १ मतले पछाडी परेका छन् ।
जारी मतगणना अनुसार खनालले १७ हजार ५१ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले १९ हजार ३ सय ५२ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
त्यसैगरी कुखुराको भाले चुनाव चिह्न पाएका बुद्धलाल मेचेको १८ सय ९१ मत रहेको छ ।
त्यस्तै ढल्केको छाता चुनाव चिह्न रहेका कमल कुमार राईले ११ सय ४० मत प्राप्त गरेका छन् ।
हाल सो क्षेत्रको मतगणना जारी रहेको छ ।
एमालेले धाँधली गरेको भन्दै एकीकृत समाजवादीका उम्मेदवार खनालले पुनः निर्वाचनको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया