सुनसरी–४ को मतगणना रोकियो, सञ्चारमन्त्री कार्कीले बोलाए सर्वदलीय बैठक

लोकपथ
686
Shares

काठमाडौं । सुनसरी क्षेत्र नं ४ मा मतगणना रोकिएको छ ।

जारी मतगणनामा नेपाली कांग्रेसले धाँधलीको आशंका गरेपछि प्रतिनिधि सभा तर्फको मत गणना रोकिएको हो ।

मत गणनाको विवरण रुजु गर्ने क्रममा कर्मचारीले मत विवरण थपघट गरेको पाईएको भन्दै कांग्रेसले आपत्ति जनाएको हो ।

सोही विषयलाई लिएर नेपाली कांग्रेसका उम्मेदवार सञ्चारमन्त्री समेत रहेका ज्ञानेन्द्र बहादुर कार्कीले घटना छानबिनको माग सहित सर्वदलीय बैठकको माग गरेका छन्।

सो पश्चात् मूख्य निर्वाचन अधिकृतको कार्यालयले सर्वदलीय बैठक बोलाएको छ । सर्वदलीय बैठक डाकिएसँगै प्रतिनिधि सभा तर्फको मत गणना तत्कालका लागि रोकिएको छ ।

पछिल्लो मत परिणाम अनुसार कांग्रेस उम्मेदवार कार्की २३ हजार ४ सय ३९ मतका साथ झिनो अग्रतामा रहेका छन्।

प्रतिष्पर्धी एमाले उमेदवार जगदीस प्रसाद कुसियैतले २३ हजार ३ सय ४१ मत ल्याएका छन्। कुसियत ९८ मतले पछाडी रहेका छन्।

सुनसरी ४ को प्रतिनिधि सभा तर्फ ८ वटा वडाको मत गन्न बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?