रुपन्देही–३ बाट गृहमन्त्री खाँणलाई हराउँदै राप्रपाका बोहरा निर्वाचित

लोकपथ
203
Shares

रुपन्देही । रुपन्देही क्षेत्र नं ३ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार दिपक बोहरा निर्वाचित भएका छन् ।

शनिबार आएको अन्तिम मतपरिणाम अनुसार बोहराले कांग्रेसका उम्मेदवार बनेका गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका हुन् ।

बोहराले ३६ हजार ६ सय ४८ मत प्राप्त गरेका छन् भने खाँणले ३४ हजार ६ सय ६ मत प्राप्त गरेका छन् ।

यद्यपी निर्वाचन अधिकृतको कार्यालयले अन्तिम परिणाम सार्वजनिक गर्न भने बाँकी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?