ईलाम–२ मा रोचक प्रतिष्पर्धा, उछिनपाछिनमा नेम्वाङ–खड्का

लोकपथ
2.1k
Shares

ईलाम । ईलाम क्षेत्र नं २ को मतगणना रोचक बनेको छ ।

नेकपा एमालेका उम्मेदवार सुवास चन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बर खड्काबीच प्रतिष्पर्धा रोचक बनेको हो ।

हाल सो क्षेत्रमा ३२ मतको गणना बाँकी रहेको छ ।

क्षेत्र नं २ का मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले लोकपथलाई दिएको जानकारी अनुसार हालसम्म नेम्वाङले २८ हजार ४ सय ७० मत प्राप्त गरेका छन् । यता नेपाली कांग्रेसका खड्काले २८ हजार ४ सय ७६ मत प्राप्त गरेका छन् । उनीहरुबीचको प्रतिष्पर्धामा खड्का १६ मतले अघि रहेका छन् ।

गणना बाँकी रहेको वडामा गत स्थानीय निर्वाचनमा एउटा वडा नेपाली कांग्रेस र अर्को वडा नेकपा एमालेले जित निकालेको थियो । जसको कारण पनि त्यहाँको मतगणना थप रोचक बन्ने देखिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?