ईलाम । ईलाम क्षेत्र नं १ को जारी मतगणनामा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले १८ हजार ५ सय ४२ मतसहित अग्रता कायमै राखेका छन् ।
त्यस्तै उनका निकटतम प्रतिद्धन्दी नेकपा एकीकृत समाजवादीका झलनाथ खनालले १६ हजार ८७ मत प्राप्त गरेका छन् ।
खनाल र बस्नेतबीचको २ हजार ४ सय ६५ मतको अन्तर रहेको छ ।
निकै रोचक बनेको सो क्षेत्रको मतगणना केही राजनीतिक दलका प्रतिनिधिहरुबीच विवाद भएपछि रोकिएको थियो ।
निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार सो क्षेत्रमा हालसम्म ४२ हजार ६ सय ४७ मतको गणना भएको छ । जसमा ४० हजार ६ सय ५९ मत सदर भएको छ । भने हालसम्म २ हजार ७ सय ७९ मत बदर भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया