मुगुबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका ऐनबहादुर शाही विजयी

लोकपथ
35
Shares

मुगु । मुगुमा प्रतिनिधिसभा सदस्यतर्फ सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ऐनबहादुर शाही विजयी भएका छन् । उनी १४ हजार सात सय दुई मत प्राप्त गर्दै विजयी भएका हुन् ।

कांग्रेस उम्मेदवार शाहीका निकटतम प्रतिद्व्रन्द्वी नेकपा (एमाले) का राजबहादुर कार्कीले १० हजार सात सय आठ मत प्राप्त गरेको जिल्ला निर्वाचन अधिकृत विष्णुप्रसाद न्यौपानेले जानकारी दिए।

शाही र कार्कीबीच तीन हजार नौ सय ९४ मतान्तर रहेको छ । विजयी हुनुभएका शाही नेपाली कांग्रेस मुगुको सभापति समेत रहेका छन् ।

त्यस्तै प्रदेशसभा (१) मा एमालेका जीतबहादुर मल्ल विजयी भएका छन् । उनले छ हजार छ सय १८ तथा सत्ता गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का गोपालबहादुर बमले पाँच हजार पाँच सय ४५ मत प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?