समानुपातिकमा माओवादीले स्वतन्त्र पार्टीलाई उछिन्यो

लोकपथ
210
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिका नेकपा माओवादी केन्द्र तेस्रो बनेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी निरन्तर दोस्रो रहँदै आएकोमा माओवादीले उछिनेको छ ।

पछिल्लो परिणाम अनुसार माओवादी केन्द्रले हालसम्म ८ लाख २ सय ६९ मत प्राप्त गरेको छ । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी ८ लाख २ हजार १६ मत प्राप्त गरेको छ ।

यता १९ लाख ६ सय ८७ मतसहित नेकपा एमाले समानुपातिकमा पहिलो शक्ति बनेको छ । त्यसैगरी १८ लाख ३४ हजार ५ सय ३८ मत प्राप्त गर्दै नेपाली कांग्रेस दोस्रो स्थानमा रहेको छ ।

माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले हालसम्म १ लाख ७२ हजार ९ सय ७० मत प्राप्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?