सोमाली सेनाद्वारा १५ अल–शबाब लडाकु मारिए

लोकपथ
91
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय साझेदारहरूको समर्थनमा रहेको सोमाली सुरक्षा बलले शुक्रबार दक्षिणी सोमालियामा गरेको स्टिङ अपरेसनमा अल–शबाबका १५ लडाकू मारिएका छन्।

सूचना, संस्कृति तथा पर्यटन मन्त्रालयले सोमालियाको राजधानी मोगादिसुबाट जारी गरेको विज्ञप्ति अनुसार मध्य सोमालियाको गलगादुड क्षेत्रको कयिबमा गरिएको असफल आक्रमणमा अल(शबाब लडाकुहरूको संख्यामा मृत्यु भएको हो।

‘खावारीज (अल–शबाब) ले राष्ट्रिय सेना र स्थानीयहरूलाई आक्रमण गर्ने प्रयास गरेपछि आज बिहान कयिब शहरमा भएको लडाईमा भारी पराजय भएको छ,’ मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै जनाएको छ ।

त्यसैगरी सेनाले तीन कार बमहरू पनि नष्ट गरेको च ।

असफल आक्रमणको क्रममा दर्जनौं लडाकुहरूलाई मारिएका छन् भने यो क्षेत्र अब पूर्ण रूपमा सरकार र स्थानीय सेनाको नियन्त्रणमा छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?