काठमाडौं । इलाम क्षेत्र नम्बर २ को मतगणना रोचक बन्दै गएको छ । ६४ हजार १३७ मत गणना सम्पन्न हुँदा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अग्रता साँघुलिएको छ ।
नेम्वाङले २७ हजार ८१९ मत प्राप्त गर्दा कांग्रेसका डम्बर बहादुर खड्काले २७ हजार ६८५ मत पाएका छन् । नेम्वाङ र खड्काबीचको मतान्तर १३४ रहेको छ ।
इलाम–२ को मतगणनामा नेम्वाङको अग्रता निरन्तर साँघुरो बन्दै जाँदा नतिजा कस्तो आउला भन्ने चासो बढेको छ ।
अब इलाम नगरपालिकाको मतगणना हुन बाँकी रहेको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया