चुनाव हारेपछि पुनः टेनिसबल कोर्टमा फर्किए कमल थापा

लोकपथ
189
Shares

काठमाडौं । मकवानपुर क्षेत्र नं १ बाट एमालेको तर्फबाट उम्मेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापा दैनिकिमा फर्किएका छन् ।

मकवानपुर–१ बाट पराजित भएसँगै खेलकुदमा रुची भएका उनी पुनः टेनिस कोर्टमा फर्किएका हुन् ।

सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै नेता थापाले लामो समयपछि कोर्टमा फर्किँदा आनन्द लागेको बताए ।

‘चुनावी अभियान सकियो। लामो अन्तरालपछि टेनिस कोर्टमा फर्कदाँ आनन्द लागेको छ। सबैको जय होस् ।’ उनले भने ।

चुनावी अभियान सुरु हुनुभन्दा अघि पनि थापा विभिन्न खेलहरु खेलेको तस्बिर सार्वजनिक गरिरहन्थे ।

गत मंसिरमा सम्पन्न राप्रपाको महाधिवेशनबाट अध्यक्षमा पराजित भएसँगै राप्रपा नेपाल खोलेर त्यसको अध्यक्ष बनेका थिए । नेकपा एमालेसँगको सहकार्यमा उनलाई मकवानपुर–१ बाट एमालेले उम्मेदवार बनाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?