जितपछि रवी लामिछाने : ११ लाख ८१ हजार चुनावी खर्च, यस्तो छ १० बुँदे धारणा

लोकपथ
105
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवी लामिछानेले निर्वाचनमा आफ्नो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ भएको बताएका छन् ।

निर्वाचन जितेपश्चात सामाजिक सञ्जालमा १० बुँदे धारणा सार्वजनिक गर्दै सो परिणाममा खर्च भए पनि त्यसमा अतिरिक्त कार्यालय सामग्रीको हिसाब नजोडिएको बताएका छन् ।

‘मेरो चुनावी खर्च ११ लाख ८१ हजार ४ सय ७२ रुपैयाँ देखिएको छ। (पछि सम्मका लागि सोचेर खरिद गरीएका अतिरिक्त कार्यालय सामग्रीहरुको हिसाब जोडिएको छैन ।’ उनले भनेका छन् ।

त्यसैगरी निर्वाचन जितेपश्चातको खुसीयाली नमनाउने समेत उनले बताएका छन् । त्यसैगरी सार्वजनिक समारोह, पारिवारिक जमघटमा सहभागि नहुने र सबै संघ संस्थाहरुको हकहितमा दिलोज्यान दिएर लाग्ने बताएका छन् ।

साथै प्रत्यक ४/४ महिनामा सार्वजनिक सुनुवाइमा सार्वजनिक स्थानमा नागरिकलाई जवाफ दिन आफैँ उपस्थित हुने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?