कांग्रेसका तेजुलाल चौधरी सप्तरी–४ बाट निर्वाचित

लोकपथ
156
Shares

सप्तरी । सप्तरी निर्वाचन क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका तेजुलाल चौधरी निर्वाचित भएका छन् । चौधरीले २३ हजार ४९१ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीका उम्मेदवार बालकिशोर यादवले १७ हजार ८७७ मत ल्याएका छन् ।

निर्वाचित भएका चौधरी २०७० को संविधानसभा सदस्यमा निर्वाचित भएपछि २०७४ को निर्वाचनमा दोस्रोपटक विजयी भएका थिए । चौधरी तेस्रोपटक यो क्षेत्रबाट निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?