बाँके–१ (२) मा एमालेका दुर्गाप्रसाद चौधरी विजयी

लोकपथ
104
Shares

बाँके । बाँके निर्वाचन क्षेत्र नम्बर १ प्रदेशसभा (२) मा नेकपा (एमाले) का दुर्गाप्रसाद चौधरी विजयी भएका छन् । चौधरीले १५ हजार छ सय ५७ मत प्राप्त गरि विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांंग्रेसका फूलाराम थारुले १४ हजार सात सय ८० मत पाएका छन् । उनीहरुबीच आठ सय ७७ मतान्तर रहेको छ ।

बाँके प्रदेश क्षेत्र नंं १ प्रदेशसभा (२) मा ६५ हजार दुई सय ५५ मतदाता रहेकामा ४१ हजार दुई सय ४३ मत खसेको थियो । प्रतिनिधिसभा बाँके क्षेत्र नं १ मा नेकपा एमाले का सूर्यप्रसाद ढकाल निर्वाचित भएका छन् ।

यस्तै नागरिक उन्मुक्ती पार्टीका भुमबहादुर भण्डारीले ५ हजार २ सय ८५ मत, स्वतन्त्र उम्मेदवार अमरजंग शाहले २ हजार ९६ मत, नेपाल मजदुर किसान पार्टीका हिराबहादुर शाहिले ५ सय ३७ मत ल्याएका छन् ।

निर्वाचन आयोगका अनुसार सो निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी, नेपाल मजदुर किसान पार्टी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी र स्वतन्त्र उम्मेदवार गरी सात जना उम्मेदवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?