काभ्रे–१ मा ३ हजार बढी मतान्तरले माओवादीका सूर्यमान दोङ निर्वाचित

लोकपथ
133
Shares

काभ्रे । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा (माओवादी केन्द्र) केन्द्रका उम्मेदवार सूर्यमान दोङ निर्वाचित भएका छन् । माओवादी केन्द्रका दोङले ३४ हजार ५१२ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रेशम लामाले ३० हजार ९२८ मत प्राप्त गरेका छन् ।

दोङ ३ हजार ९२८ को फराकिलो मतान्तरले निर्वाचित भएका हुन् । क्षेत्र नं १ मा रेशमपछि राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार बासुनारायण श्रेष्ठले ८ हजार ६९६ मत प्राप्त गरी तेस्रो भएका छन् । यसअघि २०६४ मा भएको संविधानसभा सदस्य निर्वाचनमा सोही निर्वाचन क्षेत्रबाट निर्वाचित भएका दोङ उर्जा राज्यमन्त्री समेत बनेका थिए ।

काभ्रेको क्षेत्र नं १ मा मतगणना सम्पन्न भई मतपरिणाम सार्वजनिक भएसँगै काभ्रेका दुई प्रतिनिधि र चार प्रदेश निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फको मतगणना कार्य सम्पन्न भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । काभ्रेको प्रतिनिधिसभा क्षेत्र नं २ मा नेकपा एमालेबाट गोकुलप्रसाद बाँस्कोटा विजयी भएका छन् भने चार वटै प्रदेशसभामा गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?