बारा–२ मा जसपाका रामसहायप्रसाद यादव विजयी

लोकपथ
312
Shares

काठमाडौं । बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव निर्वाचित भएका छन् । यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरि निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा (माओवादी केन्द्र) का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरेका छन् ।

उनीहरुबीच तीन सय ५४ मतान्तर रहेको छ । निर्वाचन आयोगको पछिल्लो मतपरिणाम अनुसार खरायो चिह्न पाएका स्वतन्त्र उम्मेदवार रामकिशोरप्रसाद यादव ११ हजार ४३ मत प्राप्त गरी तेस्रो भएका छन् ।

बारा–२ मा जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, हाम्रो नेपाल पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, नेपाल सुसासन पार्टी र स्वतन्त्र गरी २१ जनाले उम्मेदवारी दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?