मोरङ–३ मा कांग्रेसका सुनिलकुमार शर्मा विजयी

लोकपथ
221
Shares

मोरङ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसका सुनिलकुमार शर्मा विजयी भएका छन् । शर्माले ४६ हजार ९३६ मत ल्याउँदै जीत हासिल गर्न सफल भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका भानुभक्त ढकालले २५ हजार ७४ मत मात्र ल्याउन सके । राष्ट्रिय प्रजातन्त्र पार्टीकी नेतृ रेखा थापाले १० हजार ७१० मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?