समानुपातिकतर्फ एमाले र कांग्रेसले कटाए १५ लाख मत

लोकपथ
312
Shares

काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनामा नेकपा एमाले र नेपाली कांग्रेसले १५ लाख मत कटाएका छन् । एमालेले हालसम्म १५ लाख ८३ हजार मत प्राप्त गर्दै अग्र स्थानमा रहँदा नेपाली कांग्रेसले १५ लाख ८ हजार मत पाएको छ ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ६ लाख ९४ हजार मत प्राप्त गर्दै तेस्रो स्थान तथा नेकपा माओवादी केन्द्र ६ लाख ६८ हजार मत प्राप्त गर्दै चौंथो स्थानमा रहेको निर्वाचन आयोगले जनाएको छ ।

आयोगका अनुसार राप्रपाले ३ लाख ५५ हजार मत प्राप्त गर्दा जसपाले १ लाख ९० हजार, नेकपा एकीकृत समाजवादीले १ लाख ३६ हजार, नागरिक उन्मुक्ति पार्टीले १२ लाख २७ हजार, जनमत पार्टीले १ लाख २० हजार र लोसपाले ७७ हजार मत पाएका छन् ।

समानुपातिकमा कुन दलले कति मत पाए सूचीसहित :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?