कपिलवस्तु–३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी

लोकपथ
168
Shares

कपिलवस्तु । एमालेले कपिलवस्तुमा प्रतिनिधिसभा सदस्यमा दोस्रो जित निकालेको छ । कपिलवस्तु क्षेत्र नम्वर ३ मा एमालेका मंगलप्रसाद गुप्ता विजयी भएका छन् । उनी ३ हजार ६३७ मतको मतान्तरले विजयी बनेका छन् ।

विजयी गुप्ताले २२ हजार ६१९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अभिषेकप्रताप शाहले १८ हजार ९८२ मत प्राप्त गरे । ०४३ सालमा राष्ट्रिय पञ्चायत सदस्यदेखि निर्वाचन लड्दै आएका गुप्ता सातौं प्रयासमा प्रतिनिधिसभा सदस्य पदमा विजयी भएका हुन् । निर्वाचन आयोगबाट विजेता घोषणा हुन भने बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?