समानुपातिक तर्फको मतगणना जारी : बाग्मतीमा राप्रपा अगाडि

लोकपथ
2.4k
Shares

काठमाडौं । गत मंसिर ४ गते आइतवार सम्पन्न प्रतिनिधि सभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचनको मतगणना जारी छ । प्रत्यक्ष तर्फको सम्पूर्ण नतिजा नआउँदै निर्वाचन आयोगले समानुपातिक तर्फ पनि मतगणना कार्यलाई अगाडि बढाएको छ ।

समानुपातिकको जारी मतगणनामा राप्रपाले बाग्मती प्रदेशसभाका लागि काठमाडौंबाट सर्वाधिक मत पाएको छ । शुक्रवार राति साढे बजेको अध्यावधिक विवरणअनुसार राप्रपाले सबै पार्टीलाई उछिन्दै ७२ हजार ४ सय ३९ मत पाएको हो ।

राप्रपापछि एमालेले ६७ हजार ६ सय ८२ मत पाउँदा कांग्रेसले ६४ हजार ३ सय ३४ मत पाएको छ । यसैगरी, हाम्रो नेपाली पार्टीले २० हजार ९ सय ५०, माओवादी केन्द्रले १६ हजार ४ सय ६६ र नेकपा एकीकृत समाजवादी पार्टीले ११ हजार ८ सय ९९ मत पाएको छ ।

यस्तै, नेमकिपाले ९ हजार १ सय २२ मत पाउँदा समानुपातिकतर्फ भने काठमाडौंबाट राप्रपाले चौथो लोकप्रिय मत पाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?