रुपन्देही–२ मा एमाले उपाध्यक्ष विष्णु पौडेल विजयी

लोकपथ
247
Shares

रुपन्देही । रुपन्देही निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेल निर्वाचित भएका छन् । पौडेल २७ हजार १ सय ४७ मत ल्याई विजयी भएका हुन् ।

उनी राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पौडेललाई १ हजार ३ सय ६६ मतले पछाडि पार्दै निर्वाचित भएका हुन् । यद्यपि निर्वाचन आयोगले यसको औपचारिक घोषणा भने गरेको छैन ।

पौडेलको यो निर्वाचन क्षेत्रको चौथो जीत हो । स्वतन्त्रका पौडेलले भने २५ हजार ७ सय ८१ र राष्ट्रिय जनमुक्तिका केशव बहादुर थापाले २१ हजार ९ सय ८६ मत ल्याएका छन् । यस निर्वाचन क्षेत्रमा ८१ हजार २ सय २ मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?