शंकर पोखरेललाई भेट्न पुगिन् रेखा

लोकपथ
973
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा दाङ–२ बाट विजयी भएकी माओवादी केन्द्रकी नेतृ रेखा शर्मा आफ्नो निकटतम प्रतिद्वन्द्वी एमालेका शंकर पोखरेललाई भेट्न पुगेकी छन् ।

शर्माले पोखरेललाई उनकै निवासमा पुगेर भेट गरेकी हुन्। सो क्रममा शर्माले दाङको समृद्धिमा सबैको रायसुझाव लिएर अघि बढ्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

शर्माले निर्वाचनमा २६ हजार ८८० मतका साथ विजय हासिल गरेकी थिइन् । यस्तै पोखरेल २६ हजार ६८७ मत पाएर झिनो मतान्तरले पराजित बन्न पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?