राप्रपाले कटायो थ्रेसहोल्ड, राष्ट्रिय पार्टी बन्न खुल्यो बाटो

लोकपथ
1.9k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिकमा थ्रेसहोल्ड कटाएको छ ।

पछिल्लो परिणाम अनुसार राप्रपा हालसम्म ३ लाख २९ हजार ९ सय १८ मत प्राप्त गरेको छ ।

कानुनअनुसार राष्ट्रिय पार्टी बन्नका लागि कुल मतको ३ प्रतिशत ल्याउनुपर्नेमा राप्रपाले सो परिणाममा मत ल्याएको हो ।

त्यसैगरी समानुपातिकमा १४ लाख ६३ हजार ३ सय ६६ मत प्राप्त गरेको छ । त्यसैगरी १३ लाख ४२ हजार ७ सय ३५ मत प्राप्त गर्दै नेपाली कांग्रेस समानुपातिकमा दोस्रो दल बनेको छ ।

त्यस्तै ६ लाख ४२ हजार ७ सय ५६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकमा चौथोँ दल बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?