‘नयाँ संसदले भ्रष्ट्राचार मुक्त समाजको निर्माण र दण्डहिनता अन्त्य गर्नुपर्छ’

लोकपथ
104
Shares

नुवाकोट । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले अब बन्ने नयाँ संसदले भ्रष्ट्राचार मुक्त समाजको निर्माण, दण्डहिनता र विधिविहिनताको अन्त्य गर्नुपर्ने बताएका छन् ।

पूर्वमन्त्री समेत रहेका केसीले सुशासनको प्रत्याभूति नै पार्टी, नेतृत्व र निर्वाचित जनप्रतिनिधिहरुको प्रमुख दायित्व रहेको बताए ।

सामाजिक सञ्जालमा हालसम्म निर्वाचित सांसदहरुलाई बधाई दिँदै नेता केसीले सो कुरा बताएका हुन् ।

नयाँ निर्वाचित सांसदहरुले ती विषयहरुको निर्मम समिक्षा गर्नेबारे अपेक्षा रहेको बताएका छन् ।

उनले भनेका छन्, ‘ भष्ट्राचार मु्क्त समाजको निर्माण,दण्डहिनता, विधिविहिनताको अन्त्य र सुशासनको प्रत्याभूति नै पार्टी,नेत्रृत्व र निर्वाचित जनप्रतिनिधिहरुको प्रमुख दायित्वहो।अब निर्मित हुने संसदले निर्मम समिक्षा सहित नयाँ दिशा निर्देशको अपेक्षा गरिएकोछ।सबैमा हार्दिक बधाई,कार्यकाल सफलताको शुभकामना।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?