नुवाकोट-२ मा अर्जुन नरसिंह केसीको जित निश्चित

लोकपथ
286
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसी विजयी भएका छन् ।

उनले एमालेका उम्मेदार नारायण प्रसाद खतिवडालाई पराजित गरेका हुन् । यससँगै राजनीतिक रुपमा केसीले बदला लिएका छन् ।

अब करिब १२ हजार मत गणना हुन बाँकी रहँदा केसीले १० हजार १२५ मत बढी पाइसकेका छन् । अहिले गणना भइरहेको क्षेत्र पनि केसीको पकड क्षेत्र रहेकाले उनी विजयी हुने निश्चित भएको हो । यद्यपि आधिकारिक घोषणा हुन समय लाग्नेछ ।

हालसम्म ५४ हजार ७०० मत गणना सकिँदा केसीले २३ हजार ६१८ मत पाएका छन् भने खतिवडाले १३ हजार ४९३ मत पाएका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले १२ हजार ६६२ मत पाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?