सिन्धुपाल्चोकमा बस दुर्घटना

लोकपथ
403
Shares

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा बस दुर्घटना भएको छ ।

शुक्रबार बिहान जिल्लाको लिसंखुपाखर गाउँपालिकाबाट काठमाडौं जान लागेको बस सोही स्थानमा दुर्घटनामा परेको हो ।
दुर्घटनाबाट १५ जना घाइते भएको लिसंखुपाखरकी गाउँपालिका उपाध्यक्ष मिठुदेवी लामाले लोकपथलाई जानकारी दिइन् ।

उनका अनुसार दुर्घटनाबाट धनजनको क्षती भने भएको छैन । घाइतेहरुको अवस्था सामान्य रहेको र उपचारका लागि अस्पताल लगिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?