रुपन्देही–२ को मतगणना सुचारु गर्न आयोगको निर्देशन

लोकपथ
189
Shares

रुपन्देही । रुपन्देही क्षेत्र नं २ को मतगणना सुचारु ग्र्न निर्वाचन आयोगले निर्देशन दिएको छ ।

सो क्षेत्रमा मुचुल्का भन्दा मतपत्र भेटिएपछि स्थगित भएको मतगणना कार्य सुचारु गर्न आयोगले निर्देशन दिएको हो ।

सो क्षेत्रमा मुचुल्कामा भन्दा ३४ वटा बढी मतपत्र भेटिएको थियो । आयोगले निर्देशन दिँदै मतपेटिकामा भएको मतपत्र संख्याको आधारमा मतगणना कार्य सुचारु गर्नुपर्ने आयोगको निर्देशन रहेको छ ।

‘आयोगको च.नं म. नां २०७९–०६१–१५१ मिति २०७९–०८–०४ को मतगणना सम्बन्धि २७ बुँदे निर्देशनको बुँदा नं २४ बमोजिम मतपेटिकामा भएका मतपत्र संख्यालाई वास्तविक मतपत्र संख्या मानी मतगणना कार्य सुचारु ग्र्न निर्वाचन अधिकृतलाई निर्देशन दिने निर्णय भएकोले निर्णय अनुसार हुन अनुरोध छ ।’ जारी विज्ञप्तिमा भनिएको छ ।

No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?