१९ मङ्सिर २०७९, सोमवार

कैलाली २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्तिका चौधरी विजयी

२०७९,मङ्सिर,९,शुक्रवार १५:३९

90
Shares

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा नागरिक उन्मुक्ति पार्टीका अरुणकुमार चौधरी विजयी भएका छन् ।

चौधरीले २१ हजार आठ सय ७१ मत प्राप्त गर्नुभएको छ । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का केन्द्रीय सदस्य झपटबहादुर रावलले १६ हजार एक सय २८ मत प्राप्त गरेका छन् ।

चौधरी एमालेका उम्मेदार रावलसँग पाँच हजार सात सय ४३ मतान्तरका साथ विजयी भएको निर्वाचन अधिकृत तेजप्रताप जोशीले जानकारी दिए।

गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र) का भगतबहादुर बडुवालले १५ हजार एक सय १६ मत प्राप्त गर्नुभएकोे निर्वाचन अधिकृत जोशीले जानकारी दिए।

यस्तै राप्रपाका भरतसिंह विसीले दुई हजार सात सय ८४ मत प्राप्त गरेका छन्। एक लाख चार हजार नौ सय छ मतदाता रहेको यस क्षेत्रमा ६० हजार तीन सय ७४ मत खसेको थियो । तीन हजार छ सय ६४ मत बदर भएका छन् ।

कैलाली निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (क) मा नेपाली कांग्रेसका कमलबहादुर शाह १० हजार चार सय ३३ मत र निर्वाचन क्षेत्र नम्बर क्षेत्र २ (ख) मा नागरिक उन्मुक्ति पार्टीका रामेश्वर चौधरी १० हजार छ सय ६५ मतका साथ यसअघिनै विजयी भइसकेका हुन् ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार १५:३९

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चुनाव परिणामको समीक्षा र सरकार गठनको सम्भावनाबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दै छ । प्रतिनिधि सभा र प्रदेश

काठमाडौं । दोलखामा प्रतिनिधिसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)का गङ्गा कार्कीले अग्रता कायमै राखेका छन् । हालसम्म ५६

काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमवार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ । नेकपा

काठमाडौं । नेपाली कांग्रेस दोलखा प्रदेश ‘क’ बाट बागमती प्रदेश सभा सदस्यमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दन राज काफ्ले विजयी

ताजा समाचार

सत्तारूढ गठबन्धनको बैठक आज बस्दै
 २०७९,मङ्सिर,१९,सोमवार ०७:४४
दोलखामा सत्ता गठबन्धनको अग्रता कायमै
 २०७९,मङ्सिर,१८,आईतवार २१:४७
सत्तारूढ गठबन्धनको बैठक सोमवार बस्ने
 २०७९,मङ्सिर,१८,आईतवार २१:३५