१७ मङ्सिर २०७९, शनिवार

झापामा एमाले तीन, कांग्रेस र राप्रपा एक-एक क्षेत्रमा विजयी

२०७९,मङ्सिर,९,शुक्रवार १५:३७

81
Shares

झापा । पाँच वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको झापामा तीन वटा क्षेत्रमा नेकपा (एमाले) ले जितेको छ भने नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी एक÷एक क्षेत्रमा निर्वाचित भएका छन् ।

एमाले क्षेत्र नं २, ४ र ५ मा विजयी भएको छ । क्षेत्र नं २ मा एमालेका देवराज घिमिरे, क्षेत्र नं ४ मा लालबहादुर (एलपी) साँवा र क्षेत्र नं ५ मा पार्टी अध्यक्ष केपी शर्मा ओली विजयी बनेका हुन् ।

एमाले प्रदेश इञ्चार्ज घिमिरे यसअघि राष्ट्रियसभा सदस्य बनेका थिए । उनले यसपटक स्वतन्त्र उम्मेदवार स्वागत नेपाललाई पछि पार्दै विजयी भएका हुन्। क्षेत्र नं ४ का एलपी साँवाले २०७९ को निर्वाचनमा कांग्रेसका जिल्ला अध्यक्ष देउमान थेबेलाई पराजित गर्दै विजयी बनेका हुन्।

एमाले अध्यक्ष ओली यो पटकसहित छ पटक निर्वाचित भइसकेका छन् । उनले २०४८ सालमा नेपाली कांग्रेसका केशवकुमार बुढाथोकीलाई, २०५१ सालमा कांग्रेसकै पूर्णानन्द दाहाललाई, २०५६ मा कांग्रेसका काशीलाल ताजपुरियालाई, २०७० कांग्रेसकै सुरेश सुब्बालाई, २०७४ र २०७९ सालमा कांग्रेस नेता खगेन्द्र अधिकारीलाई पराजित गर्दै विजयी बनेका हुन् ।

निर्वाचन क्षेत्र नं १ मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र क्षेत्र नं ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन निर्वाचित भएका हुन् ।

कांग्रेसका शर्माको यो पहिलो संसद् यात्रा हो भने लिङ्देन, घिमिरे, साँवाको दोस्रो र एमाले अध्यक्ष ओलीको छैटौँ यात्रा हो ।

विश्वप्रकाश शर्माले एमालेका स्थायी कमिटी सदस्य अग्नी खरेललाई पराजित गरेका छन्। शर्मा २०७० सालको निर्वाचनमा एमाले नेता रविन कोइराला र २०७४ सालमा नेकपा माओवादीका नेता सुरेन्द्रकुमार (राम) कार्कीसँग पराजित भएका थिए । तर तेस्रो पटकको प्रयासमा उनले अत्यधिक मतका साथ विजयी भएका छन्।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन पहिलोपटक २०७४ सालको निर्वाचनमा निर्वाचित भएर संसद्को यात्रा तय गरेका थिए।

एमालेसँगको तालमेलका कारण उनले दुवैपटक कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गरे ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार १५:३७

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा

बाजुरा । बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना शुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

ताजा समाचार

मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५
‘नेपाल होटल अवार्ड’ आयोजना हुने
 २०७९,मङ्सिर,१७,शनिवार १०:५९
कुटपिट गरी हत्या गरेको आरोपमा दुई पक्राउ
 २०७९,मङ्सिर,१७,शनिवार ०८:३२