सिरहा–३ बाट एमालेका श्रेष्ठ निर्वाचित

लोकपथ
416
Shares

सिरहा। सिरहा क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन् ।

शुक्रबार दिउँसो आएको अन्तिम मतपरिणाम अनुसार श्रेष्ठले नेकपा माओवादी केन्द्रका विश्वनाथ साहलाई १ हजार १८२ मतले पराजित गरेका हुन् । श्रेष्ठ २८ हजार ६४ मत पाएर विजयी हुंदा साहले २६ हजार ८८२ मत पाएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

श्रेष्ठलाई जसपा नेपालको समर्थन थियो भने साह सत्ता गठबन्धनको तर्फबाट उम्मेदवार बनेका थिए ।

श्रेष्ठले सिरहाको सो क्षेत्रबाट दोस्रो पटक जितेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?