सिरहा–४ बाट जसपाका विरेन्द्र महतो विजयी

लोकपथ
143
Shares

सिरहा । जनता समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य डा।विरेन्द्र महतो सिरहा क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् ।

उनले जनमत पार्टीका उम्मेदवार विरेन्द्र प्रसाद साह र सत्ता गठबन्धनका उम्मेदवार धर्मनाथ साहलाई पराजित गरेका छन् ।

नेता महतोले २४ हजार एक सय दुई मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्दी जनमत पार्टीका उम्मेदवार साहले १६ हजार २९४ मत प्राप्त गरेका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार नेकपा एकीकृत समाजवादीका नेता धर्मनाथ प्रसाद साहले १४ हजार ६५३ मत प्राप्त गरेका छन् । विजय भएका विरेन्द्र महतो उद्योगपति आरएनआर उपेन्द्र महतोका भाइ हुन् ।

उनी २०७० को दोस्रो संविधान सभा चुनावमा तत्कालिन मधेशी जनअधिकार फोरम नेपालबाट समाुनपातिमा संविधान सभा सदस्य भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?