नुवाकोट–२ बाट जितको बाटोमा अर्जुननरसिंह केसी

लोकपथ
1.4k
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीको जित लगभग पक्का भएको छ ।

केसी उनका निकटतम प्रतिद्धन्दीसँग फराकिलो अन्तरको अग्रतामा छन् । हालसम्म केसीले २२ हजार ७ सय ४८ मत प्राप्त गरेका छन् । यता नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद खतिवडाले १३ हजार २ सय ५४ मत प्राप्त गरेका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुमन पाण्डेले हालसम्म ११ हजार ९ सय ३८ मत प्राप्त गरेका छन् ।

केसी र खतिवडाबीचको अन्तर ९ हजार ४ सय ९४ रहेको छ ।

अब सो क्षेत्रमा १३ हजार ८ सय ८७ मत गणना गर्न बाँकी रहेको छ ।

अग्रता बढाउँदै लगेको कारण केसीको जित निश्चित जस्तै बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?