महोत्तरी-२ मा लोसपाका शरतसिंह भण्डारी निर्वाचित

लोकपथ
117
Shares

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टीका नेता शरदसिंह भण्डारी महोत्तरी–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

तराई मधेश लोकतान्त्रिक पार्टीका विजय कुमार सिंहलाई १४ हजार ७० मतान्तरले पराजित गर्दै भण्डारी निर्वाचित भएका हुन् ।

भण्डारीले २५ हजार १९० मत पाउँदा सिंहले ११ हजार १२० मात्र मत ल्‍याए ।यस्तै एमालेका राम परीक्षण यादवले १० हजार २५८ , जनमत पार्टीका उमेशकुमार यादव ५ हजार ९७१ मत र राष्ट्रिय स्वतन्त्र पार्टीका पवन कुमार झाले ३६० मत मात्र पाए ।

४१ वर्षदेखि संसदीय राजनीतिको दौडमा रहेका भण्डारीले ६ पटक चुनाव जित्न सफल भएका छन् । २०३८ र २०४३ मा राष्ट्रिय पञ्चायत सदस्य निर्वाचित भण्डारीले २०५१ मा स्वतन्त्र उम्मेदवारका रुपमा जितेका थिए । २०५६ मा कांग्रेस र २०६४ मा मधेसी जनअधिकार फोरमबाट महोत्तरी – ४ बाट उनी निर्वाचित भएका थिए ।

०७४ को चुनावमा उनी तत्कालीन राजपाबाट महोत्तरी – २ बाट निर्वाचित भए । २०४५ देखि हालसम्म राज्यमन्त्रीसहित १५ पटक मन्त्री भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?