काभ्रे–२ बाट गोकुल बास्कोटा निर्वाचित

लोकपथ
182
Shares

काभ्रे । काभ्रे क्षेत्र नं २ बाट नेकपा एमालेका गोकुल बास्कोटा निर्वाचित भएका छन् ।

शुक्रवार दिउँसो आएको अन्तिम परिणाम अनुसार बास्कोटा झण्डै ६ हजारको मतान्तरसहित निर्वाचित भएका हुन् ।

बास्कोटाले ४५ हजार ३ सय ४५ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्दी नेपाली कांग्रेसका शिवप्रसाद हुमागाईंले ३९ हजार ४८२ मत ल्याए।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले १० हजार ५७३ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

यसअघि २०७४ को निर्वाचनमा पनि बास्कोटा सोही क्षेत्रबाट निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?