पराजितपछि ज्ञवालीले भने- ‘अथक प्रयासका बाबजुद अभियान सफल हुन सकेन’

लोकपथ
1.1k
Shares

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले गुल्मी क्षेत्र नं १ बाट नवनिर्वाचित नेपाली कांग्रेसका चन्द्र भण्डारीलाई बधाई दिएका छन् ।

भण्डारीसँगको प्रतिष्पर्धामा पराजित भएसँगै ज्ञवालीले आफ्नो अथक प्रयासको बाबजुत अभियान सफल हुन नसकेको बताए ।

सामाजिक सञ्जालमा लेख्दै नेता ज्ञवालीले प्रतिकुल परिणामको जिम्मेवारी काँधमा लिने बताउँदै कमीकमजोरीको समिक्षा समयक्रमसँगै हुने बताए ।

‘अथक प्रयासका बाबजुद हाम्रो अभियान सफल हुन सकेन । तपाईंहरूको विश्वासलाई मत परिणाममा बदल्न नसकेकोमा क्षमा चाहन्छु । प्रतिकूल परिणामको जिम्मेवारी म मेरै काँधमा लिन्छु । कहाँ कमीहरु रहन गए, समयक्रममा समिक्षा हुने नै छ ।’ उनले भनेका छन् ।

त्यसैगरी आफू संसद भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्जवल भविष्यप्रति आफूमा कुनै पनि सन्देह नरहेको बताए ।

‘म संसद भवन भित्र पुग्न नसके पनि मुलुक र आन्दोलनको उज्ज्वल भविष्यप्रति ममा कुनै सन्देह छैन।’ उनले भने ।

यसअघि २०७४ को निर्वाचनमा ज्ञवालीले भण्डारीलाई सो क्षेत्रबाट पराजित गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?