मतगणना नसकिँदै ठाकुर गैरेको जित निश्चित

लोकपथ
637
Shares

रुपन्देही । पाल्पा क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार ठाकुर गैरेले आफ्नो जित निश्चित बनाएका छन् । मतगणना नसकिदै उनकोे फराकिलो मतान्तरले गर्दा जित निश्चित भएको हो । उनका निकटतम प्रतिस्पर्धी रहेका नेकपा एसका लुम्बिनी प्रदेशका अध्यक्ष सोमप्रसाद पाण्डे परजित हुने निश्चित भएको हो ।

पछिल्लो मत परिणामअनुसार नेकपा एमालेका उम्मेदवार ठाकुरप्रसाद गैरेले २७ हजार २८८ प्राप्त गरेका छन्। गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार सोमप्रसाद पाण्डेले २२ हजार ९९५ मत पाएका छन्।

४ हजार २९३ मतान्तरले गैरे अगाडि छन्। अहिलेसम्मको मत परिणामअनुसार उनको जित सुनिश्चित देखिएको छ। यो क्षेत्रमा ५४ हजार मत खसेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?