कास्की १ बाट एमालेका मनबहादुर गुरुङ विजयी

लोकपथ
0
Shares

कास्की । कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का जिल्ला अध्यक्ष मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेका हुन् । शुक्रबार बिहान सम्पन्न मतगणनामा एमालेका गुरुङ २५ हजार ७ सय ८ मत ल्याएर निर्वाचित भएका हुन् । कांग्रेस जिल्ला सभापति बरालले २३ हजार १ सय ८९ मत पाएका थिए ।

२०४३ सालदेखि कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा लागेर राजनीतिमा सक्रिय भएका गुरुङले २०५२ सालमा एमाले पार्टीको सदस्य लिएका थिए । उनी गाउँ कमिटी, इलाका कमिटी सदस्य, जिल्ला पार्टी उपाध्यक्ष हुँदै अहिले पार्टीको जिल्ला अध्यक्ष छन् । उनी एमाले निकट आदिवासी जनजाति जिल्ला समन्वय समितिको उपाध्यक्ष पनि भइसकेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?