तालमेलका लागि राजपाले माग्यो कांग्रेससँग ५५ सिट

काठमाडौँ, ३ कात्तिक राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका संयोजक महन्त ठाकुरले नेपाली काँग्रेससँग आफूहरुको चाँडै चुनावी तालमेल हुने बताएका छन् ।राजपा र संघीय समाजवादी फोरम नेपाललाई काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनसँग प्रतिनिधिसभामा ५५ स्थान माग गरिएको उनले बताए ।”सहमतिका लागि अब हामी अन्तिम छलफलमा जुटेका छौँ”– रिपोर्टर्स क्वलको देउसी भैलो टोलीलाई शुभकामना दिँदै उनले भने ।ठाकुरले आगामी मंसिर १० र २१ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न जनता आतुर रहेको बताउँदै निर्धारित समयमा चुनाव हुनेमा आशंका नगर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?