कांग्रेसले समानुपातिकमा कटायो १० लाख मत, स्वतन्त्र पार्टीको कति ? (सूचीसहित)

लोकपथ
1.4k
Shares

काठमाडौं । सम्पन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकामा नेपाली कांग्रेसले १० लाख मत कटाएको छ ।

निर्वाचन आयोगको पछिल्लो तथ्यांक अनुसार हालसम्म कांग्रेसले १० लाख ७ हजार ७ सय ६ मत प्राप्त गरेको छ ।

यता नेकपा एमालेले १० लाख ५३ हजार १ सय ९५ मत प्राप्त गर्दै पहिलो स्थानमा रहेको छ ।

त्यसैगरी तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टी रहेको छ । स्वतन्त्र पार्टीले हालसम्म ४ लाख ९५ हजार ३ सय ५९ मत प्राप्त गरेको छ । यता नेकपा माओवादी केन्द्रले ४ लाख ६५ हजार ४ सय ७९ मतसहित चौथोँ स्थानमा रहेको छ ।

त्यसैगरी राप्रपाले २ लाख ६६ हजार ४ सय ४९ मत, जसपाले १ लाख ३० हजार ९ सय २५, नागरिक उन्मुक्ति पार्टीले ७९ हजार ४३ र नागरिक पार्टीले ७८ हजार ५२ मत प्राप्त गरेको छ ।

यद्यपि मतगणना जारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?