हर्कको योजनामा बालेनको साथ

लोकपथ
182
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनले धरान उपमहानगरपालिकाका मेयर हर्क सामपाङ राईलाई समर्थन गरेका छन् ।

स्वतन्त्रबाट मेयरमा जितेका दुवैले एक अर्कालाई खुलेर समर्थन गरेका थिएनन् । तर हर्कले लेखेको स्ट्याटसलाई बालेनले समर्थन जनाउँदै सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

हर्कले शुक्रवार बिहान धरानमा जसले जिते पनि कोशीको पानी धरानमा ल्याउने आफ्नो योजनालाई साथ दिन भुमिका खेल्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा हर्कले भनेका छन्, ‘जो जितेर गए पनि कोशीको पानी धरानमा ल्याउने मेरो योजनालाई सहयोग गर्न भूमिका खेल्नु पर्छ १ अन्यथा वहाँ धरान नआए पनि हुन्छ !’

उनको भनाइलाई समर्थन गर्दै बालेनले ‘ठ्याक्कै’ लेखेर सामाजिक सञ्जालमा शेयर गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?