नुवाकोट–१ प्रदेशसभा ‘क’ मा तामाङको अग्रता कायमै

लोकपथ
1.2k
Shares

नुवाकोट । नुवाकोट क्षेत्र नं १ को प्रतिनिधि सभा र प्रदेश सभा क मा मतगणना जारी रहेको छ ।

जारी मतगणनामा प्रदेश ‘क’ मा नेकपा माओवादी केन्द्रकी राधिका तामाङले अग्रता कायमै राखेकी छिन् ।

क्षेत्र नं १ का मुख्य निर्वाचन अधिकृत टेकराज भुसालले दिएको जानकारी अनुसार हालसम्म तामाङले ४ हजार ९ सय ७४ मत प्राप्त गरेकी छिन् । यता नेकपा एमालेमा सुशिल खड्काले ३ हजार ५ सय ७४ मत प्राप्त गरेका छन् ।

सोक्षेत्रमा हालसम्म ९ हजार ८ सय २५ मतको गणना सम्पन्न भएको छ । कुल मतदाता ५९ हजार ४ सय ५९ रहेका छन् ।

यता प्रतिनिधि सभामा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणाम अनुसार तामाङले २० हजार ४ सय १ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बद्री मैनालीले १९ हजार ७ सय ४७ मत प्राप्त गरेको नुवाकोट–१ का मुख्य निर्वाचन अधिकृत टेकराजभुसालले लोकपथलाई जानकारी दिए ।

यसरी तामाङले मैनालीलाई ६ सय ५४ मतान्तरले उछिनेका छन् ।

त्यसैगरी हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महतले ५ हजार ८ सय ४४ मत प्राप्त गरेका छन् ।

हालसम्म ५२ हजार ४ सय ६२ मतको गणना भएकोमा ४९ हजार ३ सय ७७ मत सदर भएको भुसालले जानकारी दिए ।

भुसालका अनुसार सो क्षेत्रमा कुल १ लाख २० हजार ७ सय ५२ मतदाता रहेको सो क्षेत्रमा कुल ६३ हजार ३ सय ७९
मत खसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?