१७ मङ्सिर २०७९, शनिवार

महोत्तरीमा धमाधम मतगणना, नतिजा सार्वजनिक हुँदै

२०७९,मङ्सिर,९,शुक्रवार ११:११

207
Shares

महोत्तरी । सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ को जिल्लामा धमाधम मतगणना परिणाम सार्वजनिक हुँदैछन् ।

जिल्लाका चार प्रतिनिधिसभा र आठ प्रदेशसभा क्षेत्रमध्ये आज बिहानसम्म ६ वटा प्रदेशसभा क्षेत्रको अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

गए राति सम्पन्न महोत्तरी–१ (२) को अन्तिम मतगणना परिणामअनुसार नेकपा (माओवादी केन्द्र) का भरतप्रसाद साह आठ हजार तीन सय ७१ मत प्राप्त गरी प्रदेशसभा सदस्य निर्वाचित भएको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ । साहका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका रामश्रेष्ठ महतोले पाँच हजार आठ सय ७१ मत प्राप्त गरेका छन्।

त्यसैगरी महोत्तरी–२ (१) मा लोसपा नेपालका जयनुल राइन ११ हजार चार सय २४ र महोत्तरी–२ (२) मा स्वतन्त्र उम्मेदवार सुरिता साह आठ हजार पाँच सय ६८ मत प्राप्त गरी विजयी हुनुभएको कार्यालयले जनाएको छ । राइनका निकटतम् प्रतिस्पर्धी नेकपा (एकीकृत समाजवादी) का मञ्जु यादवले छ हजार दुई सय ५१ र साहका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका नागेश्वर यादवले छ हजार आठ सय दुई मत प्राप्त गरको मुख्य निर्वाचन अधिकृत हेमबहादुर सेनले पुष्टि गरे।

यस्तै महोत्तरी–४ (१) मा नेकपा (एमाले) का सरोजकुमार यादव १० हजार पाँच सय ३१ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम् प्रतिस्पर्धी लोसपा नेपालका कौशलकुमार यादवले आठ हजार छ सय ७२ मत प्राप्त गरेका छन् ।

महोत्तरी–३ (१) र (२) को अन्तिम परिणाम सार्वजनिक भइसकेको हो । दुवैमा लोसपा नेपालका उम्मेदवार क्रमशः अभिराम शर्मा र रानी शर्मा तिवारी विजयी भएका हुन् । शर्माका निकटतम् प्रतिस्पर्धी जसपा नेपालका दीपेन्द्र झाले नौ हजार सात सय ७८ र तिवारीका निकटतम् प्रतिस्पर्धी एमालेका रामदयाल मण्डलले चार हजार पाँच सय ६० मत प्राप्त गरेका छन्। जिल्लामा अब प्रदेशसभातर्फ महोत्तरी–१ (१) र महोत्तरी–४ (२) को मात्र परिणाम सार्वजनिक हुन बाँकी छ । प्रतिनिधिसभातर्फ भने चारै क्षेत्रमा गणना अझै जारी छ ।

प्रकाशित मिति: २०७९,मङ्सिर,९,शुक्रवार ११:११

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडाैं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक हुँदा मधेस प्रदेशमा १८ जना पूर्वमन्त्री पराजित भएका छन् । कतिपय

काठमाडाैं । प्रधानमन्त्री शेरबहादुर देउवाले अपाङ्गता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वद्र्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा

बाजुरा । बाजुराको प्रतिनिधिसभाको मतगणना छ । बुधबार बेलुकी ६ः३० बजेदेखि मतगणना शुरु भएको हो । पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभामा नेपाली

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहेको स्याङ्जा क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभा दुवैमा नेपाली कांग्रेसको अग्रता रहेको छ

ताजा समाचार

काठमाडौंमा हस्तकला व्यापार मेला हुने
 २०७९,मङ्सिर,१७,शनिवार ११:५२
मधेस प्रदेशमा १८ पूर्वमन्त्री पराजित
 २०७९,मङ्सिर,१७,शनिवार ११:१५
‘नेपाल होटल अवार्ड’ आयोजना हुने
 २०७९,मङ्सिर,१७,शनिवार १०:५९