नुवाकोट । नुवाकोट क्षेत्र नं १ मा गठबन्धनका उम्मेदवार नेकपा माओवादी केन्द्रका हितबहादुर तामाङले अग्रता कायम गरेका छन् ।
पछिल्लो मतपरिणाम अनुसार तामाङले २० हजार ४ सय १ मत प्राप्त गरेका छन् । यता उनका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका बद्री मैनालीले १९ हजार ७ सय ४७ मत प्राप्त गरेको नुवाकोट–१ का मुख्य निर्वाचन अधिकृत टेकराज भुसालले लोकपथलाई जानकारी दिए ।
यसरी तामाङले मैनालीलाई ६ सय ५४ मतान्तरले उछिनेका छन् ।
त्यसैगरी हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रद्युम्न महतले ५ हजार ८ सय ४४ मत प्राप्त गरेका छन् ।
हालसम्म ५२ हजार ४ सय ६२ मतको गणना भएकोमा ४९ हजार ३ सय ७७ मत सदर भएको भुसालले जानकारी दिए ।
भुसालका अनुसार सो क्षेत्रमा कुल १ लाख २० हजार ७ सय ५२ मतदाता रहेको सो क्षेत्रमा कुल ६३ हजार ३ सय ७९
मत खसेको थियो ।
निर्वाचन सौहार्दपूर्ण सम्पन्न भएको सो क्षेत्रमा मतगणना पनि सौहार्दपूर्ण वातावरणमा भइरहेको भुसालको भनाइ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया