समानुपातिकमा एमालेले कटायो १० लाख मत, कसको कति ? (सूचीसहित)

लोकपथ
574
Shares

काठमाडौं । जारी मतगणनामा समानुपातिकतर्फ नेकपा एमालेले १० मत कटाएको छ ।

निर्वाचन आयोगले दिएको तथ्यांक अनुसार हालसम्म एमालेले १० लाख ५ हजार ७ सय २० मत प्राप्त गरेको छ ।
त्यसैगरी नेपाली कांग्रेसले ९ लाख ५७ हजार ६ सय ४० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेको छ ।

अन्य पुराना दलहरुलाई उछिन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले ४ लाख ४२ हजार १ सय ३२ मतसहित तेस्रो स्थानमा रहेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले हालसम्म ४ लाख ४२ हजार १ सय ३२, राप्रपाले २ लाख ५५ हजार ७ सय ५१ मत, जसपाले १ लाख २८ हजार ३५, जनमत पार्टीले ७५ हजार ९ सय २३ र एकीकृत समाजवादीले ७१ हजार २ सय ७८ मत प्राप्त गरेको छ ।

यता नागरिक उन्मुक्ति पार्टीले ६९ हजार ९ सय ६८ मत, नेपाल किसान मजदुर पार्टीले ५६ हजार ९ सय ३०, लोसपाले ५३ हजार ३ सय १० मत प्राप्त गरेको छ ।

हाल मतगणना जारी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?