राप्रपाले बढायो अर्को सिट : पश्चिम नवलपरासी–२ बाट प्रधान विजयी

लोकपथ
378
Shares

परासी । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र २ को प्रतिनिधिसभा सदस्य पदमा राप्रपाका केन्द्रीय उपाध्यक्ष ध्रुव बहादुर प्रधान भारी मतले निर्वाचित भएका छन।

नेता प्रधान आफ्नो निकट प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य पूर्व गृहराज्य मन्त्री उम्मेदवार देबेन्द्र राज कंडेललाई १५३६५ मतले पछाडी पार्दै विजयी भएका हुन।

नेता प्रधानले ३४ हजार ९५९ मत प्राप्त गरेका छन् भने नेता कंडेलले १९ हजार५९४ मत पाएका हुन्।

त्यस्तै एमालेका उम्मेदवार दिपेन्द्र अधिकारीले १४ हजार ४९८ मत पाई तेस्रो स्थान सिमित भएका छन्।

उक्त क्षेत्रमा कुल १ लाख २२ हजार ६८० मत रहेकोमा ८८ हजार ५२३ मत खसेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?