नुवाकोट । नुवाकोट क्षेत्र नम्बर २ मा जारी प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसका उम्मेदवार अर्जुन नरसिंह केसीले फराकिलो अग्रता बनाएका छन् ।
हालसम्म ४७ हजार ६४१ मत गनिसक्दा केसीले १९ हजार ९९७ मत प्राप्त गरेका छन् भने एमालेका उम्मेदवार नारायण खतिवडा १२ हजार ३ मतका साथ पछाडि छन् ।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमन पाण्डेले ११ हजार ३८७ मत पाएका छन् ।
अब करिब १९ हजार मत गणना बाँकी हुँदा केसीको मतान्तर खतिवडासँग ७ हजार ९९४ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया