धनुषा–३ मा साढे ९ हजार मतान्तरले एमालेकी जुली महतो विजयी

लोकपथ
91
Shares

धनुषा । धनुषा क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा नेकपा एमालेकी जुली महतो विजयी भएकी छन् । उनले पाँच दलीय गठबन्धनबाट लोकतान्त्रिक समाजवादी पार्टीका अनिलकुमार झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरेकी हुन् ।

जुलीले जम्मा ३३ हजार ३५५ मत पाइन् भने अनिल झाले २३ हजार ६८६ मत ल्याएका छन् । समानुपातिकतर्फबाट दुई पटक सांसद भइसकेकी जुली पहिलो पटक प्रत्यक्षमा निर्वाचित भएकी हुन् । रौतहट १ नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालको भागमा परेपछि अनिल झा धनुषा आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?